
आज भोलि थ्रे’डिङ गर्नु सामान्य कुरा हो । हामीले सु’न्दर बन्ने चक्करमा कतै आफ्नो सुन्दरता त बिगारी रहेका हुँदैन् । आज हामी तपाईलाई थ्रे’डिङ गरिसकेपछि गरिन आम गल्तिका बारेमा जानकारी दिदैछौँ । जुन तपाईले पनि ध्यान नदिनु भएको हुन्छ ।
मे’कअप नगर्नुहोस्- कहिलेकाहिँ हामी व्यस्त हुन्छौ र समय नभएका कारण पार्टीमा जानुभन्दा केही समय पहिले पार्लर जाने गर्छौ । यदि तपाइँ पनि यस्तो गर्नुहुन्छ भने आफ्नो बानी बदल्नुहोस् । किनभने यस्तो पार्टीमा जाने मौका घरीघरी मिल्दैन त्यसैले मेकअप बिना जाने कुरै हुँदैन र तपाईलाई यस्तो समयमा मेकअप गर्नाले जलन हुन सक्छ । सधै थ्रेडिङ गरेको ३/४ घण्टा पछि मात्र मेकअप गर्नुहोस् । खासगरी आखाको मेकअपमा यो कुरालाई बिषेस ध्यान राख्नुहोस् । कुनै पनि फ्रेग्नेन्स् प्रो’डक्सनहरुको प्रयोग नगर्नुहोस्- थ्रेडिङ गरेपछि आईब्रोजको वरिपरिको छाला सुख्खा हुन्छ। यसबाट बच्नको लागि तपाई मश्चुराइजर क्रिमको प्रयोग गर्नुहुन्छ। यसले सुक्खापनबाट राहत दिन्छ, तर यसको कारण जलन र रातो हुनसक्छ । त्यसैले थ्रेडिङ गरेपछि कम्तिमा एक दिन पछि मात्र यसको प्रयोग गर्नुहोस् । यदि तपाई चाहानुहुन्छ भने एलोभेरा जेल लगाउन सक्नुहुन्छ ।
तातो पानी वा बाफबाट टाढा रहनुहोस्- थ्रेडिङ गर्नु भन्दा पहिले तपाईले साहन सक्ने पानीको बाफ लिन सक्नु हुन्छ। यसले तपाईको आइब्रोलाई नरम बनाउछ र थ्रेडिङ गर्न सजिलो पार्दछ । तर थ्रेडिङ गरिसकेपछि कम्तीमा दुई घन्टासम्म तातो पानी र बाफबाट टाढा रहनुहोस् । थ्रेडिङ गरेपछि तपाईको छाला निकै नै संवेदनशील हुन्छ र तातो पानीको प्रयोग गर्नाले रातो हुने समस्या सम्भावना बढाउँछ ।
थ्रेडिङ गरेको ठाउँमा धेरै चोटी नछुनुहोस्- के तपाई पनि आईब्रोजको आकार बनाउनको लागि यो भागमा छोई रहने गल्ति गर्नुहुन्छ ? त्यसोभए अब यसो गर्नु हुँदैन । थ्रेडिङ गरीसकेपछि छाला एकदम संवेदनशील हुन्छ यस्तो अवस्थामा यसलाई छोईराख्यो भने इ’न्फेक्सन हुने सम्भावना बढी हुन्छ। तपाईको एउटा सानो गल्तीले समस्यामा पार्न सक्दछ। यदि तपाईलाई यस भागमा चिलाउछ भने एलोभेरा जेल प्रयोग गर्नुहोस् वा गुलाबजल प्रयोग गर्नुहोस् । तुरुन्त घाममा ननिस्किनुहोस्- थ्रेडिङ गरेपछि, यदि तपाई तुरुन्तै घाममा जानुहुन्छ भने घामको किरणले तपाईको संवेदनशील छालामा प्रतिक्रिया देखाएर रातोपन र जलनको समस्या उत्पन्न गर्नेछ। त्यसैले सधैभरी थ्रेडिङको ३,४ घण्टा पछि मात्र घाममा निक्लिनुहोस् । याे पनि पढ्नुहाेला !
छा’लाको रुखो र चि’ल्लोपना हटाउ’न प्रयोग गर्नुहोस् यी ची’ज, आफै देख्नुहुनेछ च’मत्कार– सधै मा’निसलाई सुन्दर देखिन निकै मु’स्किल काम लाग्ने गर्दछ । तर सबैको एउटै चाहना हुन्छ, आफू सु’न्दर देखिने । आजभोलि महिला होस् वा पुरुष सुन्दर बन्नका लागि निकै मेहनत गर्ने गर्दछन् । जुन मानिस राम्रो हुँदैन्, उनीहरुको समाजमा मजाक उडाइने गरिन्छ । यस्तो अवस्थामा कसको चाहना नहोओस् सुन्दर देखिने । सुन्दर बन्नका लागि मानिस विभिन्न उपाय अप्नाउने गर्दछ’न् । कयौँ पटक यसबाट फाइदा हुनुको साथै नोक्सान पुग्ने गर्दछ । महको प्रयोग स्वा’स्थ्यका साथसाथै सुन्दरताका लागि पनि फाइदाजनक हुने गर्दछ । छालाको रु’खोपन, मृत त्वचा तथा तैलियपना हटाउनका लागि मह निकै लाभदायिक मानिने गरिन्छ । आज हामी तपाईलाई महको फाइदाका बारेमा जानकारी दिदैछौँ ।
रु’खोपन हटाउन: आधा कागतीको रसमा एक चम्चा मह मिलाएर पेस्ट तयार गर्नुहोस् । त्यसपछि अनुहारलाई राम्रोसँग धोएर यस पेस्टलाई अनुहारमा लगाएर लगाएर छोडिदिनुहोस् । त्यसपछि २० मिनेटपछि यसलाई मनतातो पानीले अ’नुहार सफा गर्नुहोस् । यस्तो हप्तामा एक पटक अवश्य गर्नुहोस् । यसो गर्दा रु’खोपना हटेर त्वचा मुलायम हुने गर्दछ । छालाको मृत कोषिका हटाउ’न: एक चम्चा दूध पाउडरमा दुई चम्चा स्याउको जुस र आधा चम्चा मह मिसाएर पेस्ट तयार गर्नुहोस् । अनुहार सफा गरेर यस पेस्टलाई अनुहारमा लगाउनुहोस् । त्यसपछि यसलाई १५ मिनेटपछि हात पानीले चिसो बनाएर विस्तारै अनुहार रगड्दै अनुहार सफा गर्नुहोस् । त्यसपछि अनुहारमा क्रीम लगाउनुहोस् । यो उपाय कम्तिमा पनि हप्तामा एक पटक अप्नाउनुहोस्, अनुहार मुलाएर हुनेछ ।
अनुहार बनाउनुहोस् चम्किलो: अनुहार चम्किलो बनाउनका लागि आधा कागतीको रस निकालेर त्यसमा आधा चम्चा मह मिलाउनुहोस् । त्यसपछि यसलाई पेस्ट बनाएर अनुहारमा लगाउनुहोस् । १५ मिनेटपछि अनुहारलाई चिसो पानीले धुनुहोस् । हरेक चार दिनको अन्तरालमा यो उपाय अप्नाउनुभयो भने तपाईको अनुहार चम्किलो हुनेछ । कालो ध’ब्बा हटाउनुहोस्: एउटा केरा लिएर त्यसलाई राम्रोसँग मिच्नुहोस्। त्यसपछि त्यसमा एक चम्चा मह र कागतीको रस मिलाएर पेस्ट तयार गर्नुहोस् । पेस्टलाई अनुहारमा लगाएको १०–१५ मिनेटपछि मनतातो पानीले धुनुहोस् । यो प्रक्रिया हप्तामा एक पटक गर्दा मात्र पनि तपाईको अनुहार चम्किलो देखिन थाल्नेछ । अनुहारको चिल्लोपना: २ चम्चा जैतुनको तेलमा एक चम्चा मह मिलाउनुहोस्। २ मिनेटसम्म राम्रोसँग मिक्स गरेर यसलाई केही बेर तताउनुहोस् । त्यसपछि यसलाई अनुहारमा लगाएर केही मिनेटपछि मनतातो पानीले सफा गर्नुहोस् । यो प्रक्रिया हप्तामा २ पटक प्रयोग गर्दा त्वचाको चिल्लोपना सधैका लागि हरेर जाने गर्दछ ।
Leave a Reply